नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको नवौँ बैठकले निर्वाचनको वडासम्म समीक्षा गर्ने पार्टीलाई सदृढ बनाउने निर्णय गरेको छ ।

बैठकले निर्वाचन परिणामको जिल्ला कमिटीले पालिका कमिटी र जनसंगठनको जिल्लासम्म र पालिका कमिटीले वडा कमिटी र जनसंगठनको पालिका कमिटीको बैठक राखि समीक्षा माघ ८ गते सम्म समीक्षा गर्ने जनइएको हो ।

नेकपा एमालेमा आवद्ध र सचिवालयका सदस्यहरूले पार्टी संगठन सुदृढ बनाउन कमिटीको कामलाई नियमित बनाउने र विशेष अभियान चलाइनुपर्ने उल्लेख गरे ।
आाउदो माघ १० गते बस्ने जिल्ला कमिटी बैठकबाट पार्टी र जनसंगठनको जिल्लाव्यापी संगठन निर्माण र परिचालनको लागि अभियान अगाडि बढाउन आवाश्यक रहेको बताए ।

साथै स्थानीय तह र जनप्रतिनिधिहरूको व्यवस्थित परिचालनमा जोड दिने निर्णय भएको जिल्ला सचिव नविन सिग्देलले बताए ।
उनले बैठकले संघीय र प्रदेशको प्रत्यक्ष र समानुपातिकमा निर्वाचित संसद सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आममतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, मातहत कमिटी, पार्टी कार्यकर्ता र सदस्यलाई नेकपा एमालेको तर्फबाट धन्यवाद व्यक्त गरे।
जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको सभध्यक्षतामा बसेको बैठकमा केन्द्रीय पोलिटव्यूरो सदस्य पुरूषोत्तम पौडेल, केन्द्रीय सदस्यहरू रामेश्वर राना, कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रियसभा सदस्य रामचन्द्र राईको उपस्थिति रहेको थियो ।