नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौंता राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसमा व्याख्यात्मक प्रस्तावको औचित्य नरहेको बताएका छन्।

आईतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले एमसीसी सम्झौतामा व्याख्यात्मक प्रस्ताव स्विकार नगर्ने अमेरिकाले स्पष्ट पारिसकेको पनि सत्तारुढ गठबन्धनलाई स्मरण गराए। उनले एमसीसी सैन्य मोर्चा भएको उल्लेख गर्दै त्यसमा आर्थिक वृद्धि र गरिवी अन्त्य गर्ने भनेर झुटो प्रावधान राखेको दावी गरे।

सांसद सुवालले प्रधानमन्त्री देउवाले ‘विष सरह’ रहेको एमसीसीलाई सित्तैमा आउने अनुदान भनेर देश नै नरहने प्रस्ताव संसदमा पेश गरेको आरोप लगाए। उनले एमसीसीमा उल्लेख गरिएको कुनै पनि प्रावधान नेपालको हितमा नरहेको पटकपटक दोहोर्‍याए। एमसीसी नेपालका लागि ‘विष सरह’ रहेको र सो पिए नेपाल नै नरहने उनको भनाई थियो। सांसद सुवालले एमसीसी संसदबाट पारित गरे नेपालमा हिंसा, युद्ध, भोक, रोग र मृत्युमात्रै हात लाग्ने चेतावनी समेत दिए।

यो समाचार नागरिक न्युज मा साभार छ