अमेरिकी सहयोग परियोजना एमसीसीको पास गर्ने कि नगर्ने बहस पेचिलो बन्दै गएको बेला रेडियो बुलेटिन ८९.७ मेघाहर्जले मकवानपुरका राजनीतिक दलहरुका बिचमा अन्तरक्रिया गर्ने भएको छ ।

एमसिसिमा दलको धारणा बिषयक अन्तरक्रिया कार्यक्रम फागुन ७ गते शनिबार बिहान ११ बजे हुने रेडियोको सभाहलमा आयोजना हुने भएको छ ।

देशभरी अमेरिकी सहयोग परियोजना एमसीसीको समर्थन र बिरोधमा आन्दोलन भईरहेको पछिल्लो समयमा मकवानपुरका जनताले आफ्ना जनताका सामु यो बिषयमा स्पष्ट धारणा राख्नुपर्ने भएकाले मकवानपुरमा क्रियाशिल रहेको दलहरुका बिचमा छलफल चलाउन थालिएको रेडियो बुलेटिन ८९।७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिल कुमार खातिले बताउनुभयो । अमेरिकी सहयोग परियोजना एमसीसीका सम्बन्धमा जनताका चासो पछिल्लो समयमा बढेर गएकाले पनि यो बिषयको छलफल आबश्यक रहेको कारण पनि यो अन्तरक्रिया कार्यक्रम राख्न थालेको उहाँले बताउनुभयो ।

उहाँले कार्यक्रममा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी, नेकपा विप्लव, जसपा, राप्रपालगायत १ दर्जनभन्दा बढी दलहरुका मकवानपुरका नेतृत्वहरुका बिचमा अन्तरक्रिया हुने बताउनुभयो । यसबाट आम सर्वसाधरण जनताले कुन दलको कस्तो धारणा रहेछ भनेर बुझ्न सहयोगी हुने अपेक्षा गरिएको बताउनुभयो ।