अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सामान्य छलफलको प्रस्ताव संसदबाट पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको एमसीसीमाथि सामान्य छलफलको प्रस्ताव बहुमतले पारित भएको हो। सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको सामान्य छलफलको प्रस्ताव निर्णायार्थ पेश गर्नुभएको थियो।

एमसीसीबारे सामान्य छलफल सकिएपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ। अर्को बैठक केही बेरमा बस्नेछ। एमसीसी सम्झौता पारित गर्नेगरी सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो।

यो समाचार गोरखापत्र बाट साभार गरिएको हो ।