रोशन दिप – एनएस सिनेमा हल हेटौडामा आज शुक्रबारबाट २ मुवी प्रदर्शनमा आएका छन् ।
रामबाबु गुरुङद्वारा निर्देशित विपिन कार्की, दयाहाङ राई, अभिनेत्री प्रियंका कार्कीद्वारा अभिनित पारिवारिक कथा वस्तु बोकेको सामाजिक नेपाली कथानाक मुवी ‘फूलबारी’ प्रदर्शनमा आएको छ ।
त्यसैगरी बलिउड खिलाडी अक्षय कुमार र इमरान हाशमी स्टारर मुुवी सेल्फी पनि प्रदर्शनमा आएको छ । पठान को सक्सेसले बॉलीवुड फिल्मों को आशा एक्काशी बढाइसकेको छ । त्यैले लामो समय देखी बक्स अफिसमा खराब प्रदर्शन दिएका अक्षय कुमारको मुवी हिट हुनु एक्दमै जरुरी छ । किनभने पठान को सक्सेस पछि उनको दर्शक एक्दमै आशावादी देखिन्छन् ।
डायरेक्टर राज मेहेताको निदेर्शनमा बनेको मुवी हो सेल्फी । यो भन्दा पहिले उनले अक्षयसँग गुड न्युजमा काम गरेका थिय । जुन बक्स अफिसमा सफल मुवी थियो । तर अहिले भने समय फरक छ । किनभने कोरोना पछि दर्शकहरुको मुवी हेर्ने स्वाद फरक भइसकेको छ । त्यसैले अक्षय अब दर्शकको आशामा फेरी उभिन सक्छन् कि सक्दैनन् त्यो त समयले नै बताउँछ तर तपाइ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७ – ५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्