रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा माग ११ गते बिहिबार देखि हिन्दी मुवी ‘फाइटर’ रिलिज हुदैछ ।

बलिउड अभिनेता ऋतिक रोशनको फिल्म ‘फाइटर’ को अग्रिम टिकट बुकिङ खुला गरेसँगै फिल्मले राम्रो कमाइ गरिरहेको छ।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ।

उनीहरू स्क्वाड्रन लिडरको भूमिकामा देखिएका छन्। फिल्ममा ऋतिक ‘पैटी’, दीपिका ‘मिन्नी’ र अनिल कपूर ‘रकी’ पात्रको भूमिकामा देखिनेछन्।

यो फिल्म देशभक्ति भावनामा आधारित छ। फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा २५ जनावरीमा रिलिज हुँदैछ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।