रोशन दिप – एनएस सिनेमा हल हेटौडामा माघ ११ गते बुधबार देखी शाहरुख खानको बहुप्रतीक्षित बलिउड मुवी ‘पठान’ प्रर्दशनमा आउदै छ ।
बलिउड सुपरस्टार शाहरुख खानको नेपालमा जबर्जस्त क्रेज रहेको कारण मुवी प्रदर्शन हुँदा केही दिन त हलमा महोत्सव नै लाग्छ । त्यसैले उनको कमब्याक मुवी ‘पठान’ले मल्टीप्लेक्समा पाएको शोज र बुकिङ हेर्दा नेपाली हलमा गजबको आक्रामक ओपनिङ गर्ने देखिएको छ ।
स्पाइ एक्सन थ्रीलर जनरामा बनेको मुवीमा भरपूर एक्सन दृश्य समावेश गरिएको छ । पाँचवर्षपछि शाहरुखको कमब्याक मुवी भएकै कारणले होला उनका फ्यानमाझ यसलाई लिएर ब्यापक पर्खाइ थियो ।
यशराज ब्यानरको चौंथो स्पाइ सिरिज भएको बताइएको मुवीमा सुपरस्टार शाहरुख खान, अभिनेत्री दीपिका पादुकोण र भिलेनमा जोन अब्राहमलाई देख्न सकिन्छ भने मुवीमा सलमान खानले टाइगर नामक केमियो चरित्रमा समेत अभिनय गरेका छन् ।
मुवीको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ दीपिकाको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो जसलाई मुवी सुपरहिट हुने आधार मानिएको छ । मल्टीप्लेक्सहरुले दिएको शो र आक्रामक बुकिङ हेर्दा यो फिल्मले नेपालमा रेकर्डतोड कमाई गर्ने देखिएको छ। टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्