Rato Samachar
Wed, 11 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने

  • एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि बिहीबारदेखि पुनःव्यवस्थापन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो । बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । यसैबीच कामपाले उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ । कामपाले फोहरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसकेको छ । –––
    –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

2

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

3

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

4

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

5

कुलमान नेतृत्व उज्यालो नेपालका सुरेन्द्र लामा मकवानपुर क्षेत्र -१ को उम्मेदवार बनेपछि…

रातो समाचार संवाददाता
6

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

7

मेयरकप फुटबल प्रतियोगिता, वर्षाको कारण स्थगित दुई खेल आज हुँदै

8

ईलाका प्रहरी मनहरी प्रमुख थापा भए पौष महिनाको सर्वोत्कृष्ट

9

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

10

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology