मोरङको बेलवारी नगरपालिकामा आफनै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
मोरङको बेलवारी नगरपालिका–वडा नम्बर ९ स्थित डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफनै बुबाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गएको बुधवार राती साँढे १० बजेको समयमा खत्रीले ८० बर्षीय बुबा दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त गरेको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो ।
प्रहरीका जानकारी अनुसार खत्रीले मादक पदार्थ सेवन गरेर आएका थिए भने घरायशी बिषयमा बुबासंग बादबिबाद परेकै कारण घाँटी थिच्दा दल बहादुरको मृत्यु भएको हो ।
हत्याको आरोपमा पक्राउ परेका खत्रीको विषयमा थप अनुसन्धान भईहेको छ ।

picture-

सागर पोख्रेल

facebook