भारत (सिक्कीम) । छिमिकी मूलूक भारतको सिक्कीममा जारी ७९ औं इन्डिपेन्डेन्स् डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको मकवानपुर नेपालको टिम मङ्गलबार पहिलो खेल्दै छ ।

मुनसोङ्ग सिनचोन युथ क्लबको आयोजनामा मुनसोङ्ग खेल मैदानमा हुने प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले सङ्ग्राम ब्वाइजको टिमसँग सामना गर्नुपर्नेछ ।

सङ्ग्राम ब्वाइजको टिमलाई पराजित गरेमा हेटौंडा फुटबल एकेडेमीको टिम स्वत सेमीफाइनलमा प्रवेश गर्नेछ्न् । प्रतियोगिताको फाइनल खेल अगष्ट १५ मा हुनेछ ।

प्रतियोगितामा टिम कोचको भूमिका भीम लामा र टिम म्यानेजरको भूमिका सन्जय लामा गर्नेछन् । गतवर्ष पनि इन्डिपेन्डेनस् फुटबल प्रतियोगितामा सहभागी भएर मुनसुङ खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा घरेलु टोली वेष्ट बंगालको बरमेक क्लबलाई २–१ गोलअन्तरले हराउँदै हेटौंडा फुटबल एकेडेमीले उपाधि जित्न सफल भएको एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिएका छन् ।

सिक्कीमको विभिन्न ठाउँमा हरेक वर्ष इन्डिपेन्डेन्स् डे को अवसरमा फुटबल प्रतियोगिता हुने गरेको उनले बताए । हेटौंडा फुटबल एकेडेमी अन्य विभिन्न प्रतियोगितामा पनि सहभागी भएको प्रशिक्षक लामाले बताए ।

प्रतियोगिताको लागि प्रशिक्षक लामाले खेलाडीहरुलाई तयारी गराएका छन् । उनले समूह ए र समूह बी मा खेलाडीलाई विभाजन गरेर बिहान करिब एक घण्टा प्रतिस्पर्धा गराएर प्रशिक्षण गराउने गरेको बताए।

खेलाडीहरुलाई खेलको अनुभव गराउन र प्रतियोगिताको क्रममा सहज वातावरण निर्माण गर्नका लागि सिक्कीममा सञ्चालन भइरहेको १० लाख रुपैयाँ पुरस्कारको फुटबल प्रतियोगिता देखाउने गरेका छन् । यसवर्ष पनि एकेडेमीले उपाधि जित्ने लक्षय लिएको उनले बताए ।

प्रतियोगितामा सहभागी हुनका लागि एकेडेमी केहिदिन पहिले सिक्कीम प्रस्थान भएका थिए । उनका अनुसार एकेडेमीका जुनियर खेलाडीलाई पनि खेल खेल्ने अवसर प्रदान गरिएको छ ।

प्रतियोगितामा सहभागी गराउनका लागि उनले करिब २० जना बढी खेलाडीहरुलाई सिक्कीमा ल्याएका छन् । उनले एकेडेमीका खेलाडीहरुलाई पनि करिब १० वर्षदेखि प्रशिक्षण दिँदै आइरहेका छन् ।

प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले को नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।