आज इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

इसाई धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वाथ्य र दीर्घायुको कामना गरेका हुन् ।

आज परेको ‘क्रिसमस डे’लाई इसाई धर्मावलम्बीहले देशैभरी धुमधामसंग मनाईरहेका छन् भने नेपालमा पनि २०६३ सालपछि इसाइहरुले मनाउन थालेका हुन् ।

जिसस क्राइस्टको जन्मदिन भन्दै इसाई धर्मका विश्वासीहरुले हरेक वर्ष डिसेम्बर २५ तारिखमा उत्सवका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँने गरेका छन् ।

यसै क्रममा मकवानपुरमा रहेका करिब ६० भन्दा बढी चर्चहहरुमा पनि ईशाई धर्मावलम्वीहरुले चर्चहरुमा प्रार्थना गर्ने र मेरी क्रिसमस भन्दै शुभकामना आदानप्रदान गरिरहेका छन् ।

येशू ख्रिष्टको जन्मको उत्सवको अवसर पारी क्यारोल खेल्न आफ्नो शाखा मण्डलीहरुमा पुगेर एक अर्कालाई शुभकामना आदान प्रदान गर्दै आज डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी क्रिसमस मनाउन इसाई धर्मावलम्बीहरु जुटेका हुन् ।

अंग्रेजी नयाँ वर्षको स्वागत गर्दै डिसेम्बर बित्दै गएसँगै क्रिसमसमा घर तथा चर्चहरुमा क्रिस्मस ट्री सजाएर सान्त क्लाउजको पोशाक लगाउँने आफन्त र इष्टमित्रलाई उपहार दिनुका साथै शुभकामना दिने गरिन्छ ।

परमेश्वरका पुत्र येशू ख्रीस्टको जन्मको उत्सवलाई विश्वभरी फैलिएर त्रसित बनाएको कोरोना भाईरसलाई मध्यनजर गर्दै सुरक्षित ढङ्गले मनाउने गरिएको इसाई धर्मावलम्बीहरु बताउछन्।

बाइबलका अनुसार सर्वसाधारण मानिसलाई विभेदबाट मुक्त पार्न येशु आफैँ क्रुसमा चढेकोले येशुलाई जिसस क्राइस्ट पनि भन्ने गरिएको छ ।
ईसाको जन्म २ ईसापूर्वमा इस्राइलको नासिरत प्रान्तको एक गाउँ बेतलेहममा धेरै कठिन परिस्थितिहरूमा भएको विश्वास गरिन्छ ।

उनको माता मरियम उनको जन्मको समय कुमारी नै थिइन् । नाम मात्रको लागि उनको यूसुफसँग विवाह भएको थियो ।

मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको र मरियमलाई उनको कोखबाट ईश्वरपुत्रको जन्म हुनेछ भनेर ईश्वरको सन्देश प्राप्त भएको मानिन्छ ।

यहूदी धर्मका नबि हरुले युगौँ पहिले एक उद्धारक या मुक्तिदाता मसीहाको पुनः अवतरण हुने भविष्यवाणी गरेको मान्यता छ । जेरुसेलमको बेथलेहमा दुई हजार १६ वर्षअघि कुमारी मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।

ईसा र उनको परिवार जन्मजात यहुदी थिए भनिएको छ भने मानवका लागि योगदान दिएको सम्झनामा इस्वी संवत् चलाइएको समेत विश्वास गरिएको छ ।