तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली पुग्नुभएकाे छ

भूपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली जानुभएको छ । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गर्नुभएको हो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो