
रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा दोस्रो उपकुलपति कप ७ ए साइड महिला फुटबल प्रतियोगिता २०८१ भोलि आइतबार देखि हुँदै छ ।
५ नं वडा स्थित पिप्ले क्याम्पा रंगशालामा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको वन संकायको आयोजनामा
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा वनविज्ञान अन्तर्गत रहेको ९ वटा कलेजको महिला टिमहरुको सहभागिता रहने जानकारी गराइएको छ ।
हेटौडा उपमहानगरपालिकाको सहयोग रहेको प्रतियोगिताको भोली उद्घाटन खेल हुने छ । जसमा वनविज्ञान संकाय हेटौडा र महोतरी जिल्लाको बर्दिबास स्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस बीच प्रतिस्पर्धा हुने बताइएको छ ।
करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सो प्रतियोगितामा उपाधि विजेता र उपविजेता टिमले ५० हजार र २५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न
विधामा उत्कृष्ट हुने खेलाडीहरुका लागि पनि समेत पुरस्कारको व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्