नेपालले बिभिन्न स्थानको घरघरमा पुगेर सर्प समाउने र जंगलमा या बस्ती भन्दा पर लगेर छाड्ने गरेका हुन् । अत्याधिक व्यक्तीहरुले सर्प देख्न साथ मार्ने गरेको देख्दा बचाउने चाहानामा काम गर्छु भन्ने अठोटले १२ वर्ष अघि बाट नै सर्प समात्ने काम गरिरहेका नेपालले वर्षदेखि बिरगञ्ज, कलैया, निजगढ देखि बिभिन्न स्थानमा पुगेर सर्प समान्ते र वन्यक्षेत्र तर्फ लगेर छाड्ने गरेका छन् ।

सर्प पृथिवीमा मानिसका लागिनै हरेक कोणबाट अति आवाश्यक रहेकाले सर्पको संरक्षण अतिनै जरुरी रहेको अवस्थामा पनि सरोकारवालाहरुको भने जस्तो गरेर चासो नदिएको सर्प उद्धारकर्ता बनेका नेपालको गुनासो छ । सानै उमेरमा बुवा गुमाएपछि घरमा पशुपालन गरेर घाँस दाउराका लागि वनक्षेत्रमा जाँदै गर्दा हरेक सुविधा वनजंगल क्षेत्रबाट पाएकाले वनक्षेत्रसंगको गहिरो नाताले वन्यजन्तु पनि जोगिनुपर्छ भन्ने चाहान  रहेको नेपालले सुनाए ।

परिवारमा आमा, दुईजना दिदी भएका दिपकले बुबा गुमाएपछि कक्षा १० सम्म मात्रको अध्यन पछि ब्रेक हुनु परेको दुखेसो सुनाउँदे सानै उमेरमा महुरी जोगाउने मह काढ्ने अरिङ्गालको गोला व्यवस्थापन गर्ने काम गरेको बताए । आफु सानै हुँदा बिभिन्न स्थानमा सर्प देखाउनेहरुले गाँउघरमा सर्प देखाउन ल्याउदा आफुलाइपनि समात्ने चाहानाले पछि सर्प पनि समातेर बचाउन अघि सरेको बताए ।

तराइभेगमा अत्यधिक सर्प भेटिने र सर्पले टोकेर मानिसहरुको ज्यान जानेक्रम भएसंगै सर्पपनि मानिसहरुले मार्ने भएकाले बचाउँने अभियानमा लागेको नेपाल बताउछन् । वनजंगलबाट आफ्ने परिवारको गुजारा चलाउने माध्यम बनेकाले वनसंगै वन्यजन्तु संग पनि मोह बढेकाले रक्षा हुनुपर्ने नेपाललको धारणा छ ।

देखिने र भेटिने सबै सर्प विषालु नहुने  र खतरनाक सर्पले टोक्नसाथ विषको मात्रा शरीरमा पठाउन सके मृत्यु हुने भएतापनि मानिसहरुले सर्प देख्नेबित्तिकै मार्ने गर्दा सारै दुख लाग्ने बताउँछन् ।

धर्तीमा जन्मिएका हरेक प्राणिहरुको बाँच्न पाउनु पर्ने हक अधिकार बराबर भएको र त्यसमा पनि वन्य जन्तु हाम्रो सत्रु नभएकाले संरक्षणको जिम्मेवारी सबैको रहेको बताउछन् ।

भन्छन् “नितान्त सेवामुखी भएर काम गरिरहेकोछु, हरेक वडाको घर–घरमा सर्प भेटियो भने मेयर उपमेयरले समेत खबर गर्ने र वडाध्यक्ष देखि सबैले हरेक समयमा बोलाउनुहुन्छ, पुगेर सर्प समात्छु, अनि टाढा टाढा सुरक्षित स्थानमा लगेर छाडिदिन्छु । स्रोत साधानको समेत समस्या छ, कतैबाट कुनै शुल्क लिने गरेको छैन । स्थानीय सरकारले मेरो कामको लागि चासो दिएको अवस्था छैन, दुख लाग्छ।”

…………………………

यसै विषमयमा  सर्प बिशेषज्ञहरु भन्छन् “सर्पले मानिसहरुलाई देख्यो सर्पले केहीपनि गर्दैन तर, यदि मानवले सर्पलाई भने सर्प मरेको हुनुपर्ने भएरहेको अवस्था छ । कुनैपनि सर्पले कसैलाई खोजेर टोक्ने गर्दैन । आफूलाई खतरा महसुस भएमा मात्र आक्रमणको प्रयास गर्ने टोक्ने हो ।”

सर्प विशेषज्ञका अनुसारै विश्वभर कारिब ३ हजार ५ सयभन्दा बढी प्रजातिका सर्प पाइन्छ । जसमध्ये ६ सय प्रजातिका सर्प मात्र विषालु हुन्छन् ।नेपालमा विशेषज्ञहरुकै खोजमा भेटिएको र जनाए अनुसार झन्डै ७९ देखि ८२ प्रजातिका सर्प पाइन्छन् भन्ने देखिएको छ । जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका विषालु सर्प पत्ता लागेको छ । नेपालमा तराईदेखि हिमालसम्म सर्प पाइन्छन् ।
नेपालमा पनि विशेष गरि तराइ भेगमा अत्याधिक सर्पहरु भेटिने गरेको छ भने जति उचाइमा गयो सर्पहरुको संख्या घट्ने गरेको छ ।
खतरनाक भन्दा खतरनाक सर्पले टोक्नसाथ विषको मात्रा शरीरमा पठाउन सके मृत्यु हुन्छ भने १०र १२ प्रतिशत विषालु भए पनि टोक्नासाथ मृत्यु हुँदैन । उपचार पद्धती गलत भएमा या समयमा उपचार नपाएर मृत्यु हुन्छ ।

यदि कसैलाई सर्पले टोकेमा झारफुकमा अलमल नगरी तत्काल अस्पताल जानुपर्ने बताएरहेका छन् ।

…………………………………………………

 

राजेश गरिब
थप जानकारी