नेपालमा डेंगु संक्रमितको संख्या बढिरहेको छ ।
मन्त्रालयका अनुसार सात वटै प्रदेशअन्तर्गतका जिल्लामा डेंगु फैलिएको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा २ सय २२ जनामा डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
२४ घण्टामा २ सय २२ जनामा डेंगु संक्रमण भएको र सबैभन्दा बढी २ सय ३ जना हेटौंडा उपमहानगर भित्रका रहेका छन् ।
यसैगरी, मनहरीका ९ जना, थाहा नगरका ८ जना, मकवानपुरगढी र जिल्ला बाहिरका एक एक जना छन् । जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेका छन् ।
स्वास्थ्य कार्यालयले जनाए अनुसार डेंगु बाट बचाउने अभियानमा सरोकारवालाहरु लागि परेका सक्रिय भइरहेका छन् ।
डेंगु बाट वच्न निम्न उपाय अपनाउन सरोकारवाmाहरुले आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्