हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयमासडक अवरुद्ध गरिएपछी अवस्था तनाव ग्रस्त बनेको हो ।

घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस संचालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमै नआएको, दोषीलाई कारवाही नभएको भन्द उचित क्षतिपुर्तिको माघ सहित हेटौंडा–१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी मृतकका आफन्तले अवरुद्ध पारेको सडक सुचारु भएको छ ।

सडक खुलाउन प्रहरीले बल प्रयोग गरेपछि स्थानीयहरु आक्रोशित हुदै रोकेर राखेको गाडीमा ढुंगामुडा गरेका हुन् भने भिड नियन्त्रण गर्न र सडक खुलाउन प्रहरीले बल प्रयोग गर्दै हवाई फायर गरेको छ ।

सोमबार दिउँसो बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३(००२ प ९३६२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक हेटौडा(१ चाईना क्वाटरका अर्जुन प्रसाद घिमिरेको मृत्यु भएको थियो ।
अवरोध गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा समेतलिएको छ ।

 

यसैविच हेटौंडा–१ चाइनाक्वाटरमा भिड तनावग्रहस्त नियन्त्रका लागि खटिएका प्रहरीले मकवानपुरका सञ्चारकर्मी राजेश गरिबलाई दुरव्यवहार गरेका छन् ।

राजमार्ग खुलाएसंगै सडकको तस्विर खिच्नेक्रममा एक प्रहरीले गाली गरेका हुन् ।

संचारक्रमी भएको जानकारी गराउने क्रममा अर्को प्रहरी आई अपशव्द बोल्दै गालि गरेका हुन् ।

गालि नगर्न अनुरोध गर्दा समेत ति प्रहरीले झनै क्रोधित हुँदै झनै गालीगलैचका शव्द सहित दुरव्यवहार गरेका हुन् ।

यसै विषयमा जानकारी गराउदा मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ्गले समय तनाव ग्रहस्त अवस्था भएकोले यसलाई अन्यथा नलिन भन्दै यस विषयमा बुझ्ने बताए ।

यसै विषयमा निमित्त प्रवक्ता प्रहरी निरिक्षक देबेन्द्र दाशले के भयो बुभ्ने बताए ।