प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्नुभएको हो ।

कानुनमन्त्री बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएसँगै संसद् बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक ८ मिनेट बसेर स्थगित भएको हो ।

गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो संसद् बैठक बसेको हो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो