हेटौंडा । प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) मकवानपुरको अध्यक्षमा मदन दाहाल चयन भएका छन् ।

शुक्रबार भएको पीपीएलए मकवानपुरको जिल्ला भेलाले दाहालको नेतृत्वमा १३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा युवराज ओली,सचिवमा ऋषि केबी,सचिवमा महिला तर्फ प्रमिला केसी र कोषाध्यक्षमा मनप्रसाद भट्टराई चयन भएका छन् । यसैगरि,कमिटीको सदस्यहरुमा अज्मिर केसी,रामप्रसाद रिमाल, एक नारायण शर्मा पौडेल,जयराम सुवेदी,निरज मैनाली, कृष्ण खतिवडा,ज्योति घिमिरे र रमिता चौलागाईं सर्वसम्मत चयन भएका छन् ।

मुकुन्द प्रसाद अधिकारीको सभाध्यक्षतामा भएको जिल्ला भेलामा नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले बागमती प्रदेशका उपसचिव महेश बर्तौला,सदस्य रघुनाथ खुलाल,एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ,प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगाएतको सहभागिता रहेको थियो ।