हेटाैंडा-  नेपाल चेपाङ संघ र राष्ट्रिय जनवकालत मञ्च नेपालकाे अायाेजनामा चेपाङ संरक्षित क्षेत्रकाे विषयमा अाइतबार अन्तरक्रिया कार्यक्रम भएकाे छ ।

चितवनकाे मुग्लिनमा भएकाे कार्यक्रममा चेपाङ संरक्षित क्षेत्र घाेषणा गर्न सरकारसँग पहल गर्ने विषयमा बहस गरिएकाे थियाे । नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा चेपाङ विशेष क्षेत्र घाेषणाकाे अावश्यकता, विशेष क्षेत्र घाेषणाकाे अाधारलगायतकाे बारेमा बहस भएकाे थियाे ।

सम्बन्धित क्षेत्रमा बसाेबास गरिरहेका समुदायकाे नागरिक तथा अार्थिक अधिकार एवम् अार्थिक सामाजिक सांस्कृतिक अधिकार सुनिश्चित गर्दै राज्यकाे लगानी बढाउन संरक्षित क्षेत्र घाेषणा अावश्यक रहेकाे कार्यकममा सहभागीले अाैंल्याएका थिए ।

कार्यक्रममा बाेल्दै बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ विशेष क्षेत्र घाेषणा गर्न अाफूले सरकारी तहमा पहल गर्ने प्रतिवद्धता जनाए ।

चेपाङ समुदायकाे उत्थान र विकासमा अाफू प्रतिवद्ध रहेकाे उनले बताए ।

कार्यक्रममा अादिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, मानव अधिकार अायाेग बागमती प्रदेश अध्यक्ष यज्ञ अधिकारी, अधिकृत किरण बराम, नेपाल चेपाङ संघका वरिष्ठ उपाध्यक्ष सुनिमाया चेपाङ, केन्द्रीय सदस्य खेम चेपाङ, बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, आदिवासी जनजाति उत्थान प्रतिष्ठानका प्रतिनिधि अजय कुमार चेपाङलगायतकाे तिथ्यता रहेकाे थियाे ।