काठमाण्डौ जिल्लाको चन्द्रागिरीमा हिउँ खेलेर फर्किंदा हराएका एकै परिवारका ५ जनालाई प्रहरी उद्धार गरेको छ ।

काठमाण्डौ जिल्लाको चन्द्रागिरीमा हिउँ खेलेर फर्किंदा बर्ष २३ की रिता गुरुङ, बर्ष १५ की सौभाग्य गुरुङ, बर्ष १३ को सहज गुरुङ, बर्ष ११ की जेनिसा गुरुङ र बर्ष ७ को एरविन गुरुङ गरि हराएका एकै परिवारका ५जनाको उद्धार गरिएको हो ।

यहि माघ २३ गते चन्द्रागिरी डाडाँमा हिउँक खेल्न जाँदा हराएको भनि बलुकी ८वजे आफन्तद्धारा आएको खबरका आधारका महानगरीय प्रहरी वृत्त, थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा बिपद् ब्यबस्थापन गुल्म, सामाखुसीबाट समेत गरी जम्मा ३७ जनाको प्रहरी टोलीले खोजी गरेको हो ।

हराई रहेका महिला तथा बालबालिका खोजी कार्यको लागी खटिएर करिब ५ घण्टाको लामो खोजी कार्य पश्चात हराई रहेकाहरुलाई चन्द्रागिरी जंगलबाट फेला पारी स्वास्थ्य परीक्षण समेत गराई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ