बागमती प्रदेशको राजधानी हेटौंडा-  ११, नम्बर वडा आउदो १९ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।

विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने उद्देश्यले बालमैत्री स्थानीय शासनयुक्त वडाका रुपमा ११ नम्बर वडा घोषणा हुने भएको अध्यक्ष जुना दाहालले बताइन् ।

वडाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत १ वटा सुचक ९७, १ वटा ९५, १ वटा सुचक ९०, १ वटा सुचक ८१ र १ वटा सुचक ८० प्रतिशत सम्म नतिजा हासिल भएको र घोषणा पश्चात पनि बालबालिकाको क्षेत्रमा उचित र आवश्यक लगानीमा वडा तत्पर रहने बताइन् ।

कार्यक्रममावडा सदस्य सञ्जय विडारी, विकास नेपाल, गोपिनी सापकोटा, गीता सुनार, नगरपालिकाका महिला तथा बालबालिका शाखाका बिना थिङ, टोल विकास नगर समन्वय समितिका महासचिव देवकुमार श्रेष्ठ, वडा सचिव जीवन ढुङ्गेल, ग्रामीण असाहय बालविकास केन्द्रका सुमित्रा काफ्ले लगायतको उपस्थिती रहेको थियो ।