हेटौँडा । हेटौँडा–११ स्थित सहिद स्मारक विकास समितिले विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने भएको छ । भोलि आइतबारदेखि हेटौँडामा एक साता लामो सहिद सप्ताह कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आज शनिबार हेटौँडा–११ स्थित सहिद स्मारक परिसरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले माघ १६ गते सहिद दिवसको दिनसम्म सहिद सप्ताह कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ।
कार्यक्रमअनुसार भोलि आइतबार बिहान ७:३० बजे सहिद स्मारक परिसरमा सरसफाइ कार्यक्रम गरिनेछ भने सोमबार १२औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरिनेछ । आइतबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ को व्यवस्थापनमा सहिद स्मारक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम, मंगलबार हेटौँडा–११ को नेपाल रेडक्रस सोसाइटी उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम तथा बुधबार हेटौँडा–१२ को व्यवस्थापन समितिको व्यवस्थापनमा बिहान ८ बजे सहिद लखन बाटिकामा श्रद्धाञ्जली कार्यक्रम हुने तालिका रहेको छ।
त्यसैगरी बिहीबार बिहान ११ बजे मदन भण्डारी फाउन्डेसनको समन्वयमा ‘सहिदको सपना र नवयुवाको कर्तव्य’ विषयक माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। शुक्रबार सहिद दिवसका दिन बागमती प्रदेश सरकारको समन्वयमा सहिदप्रति सलामी, माल्यार्पण, पुष्पाञ्जली, श्रद्धाञ्जली सभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण गरी सहिद सप्ताह कार्यक्रमको समापन गरिनेछ।














प्रतिक्रिया दिनुहोस्