Screenshot

हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका कार्य सम्पादन मूल्यांकनलमा प्रथम हुन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ का लागि कार्यसम्पादन मूल्याङ्कनमा गरेको थियो । जस अन्तर्गत बिहीबार सार्वजानिक नतीजा अनुसार बागमती गाउँपालिका ले ६६ दशमलव ३९ अंक प्राप्त गर्दै मकवानपुर जिल्लाका १० वटा पालिकाहरु मध्ये प्रथम हुन सफल भएको हो । कार्यसम्पदान मूल्याङ्कनको सार्वजानिक नतीजा अनुसार ६५ दशमलव ९३ अंकसहित राक्सिराङ गाउँपालिका दोस्रो र ६४ दशमलव ५२ अंकसहित कालिका नगरपालिका तेस्रो भएको छ ।

मकवानपुरको अन्य स्थानीय तहहरु मध्ये प्रथम हुन सफल भएको बागमतीले ऐतिहासिक उपल्ब्धी हासिल गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिएका छन् । गाउँपालिकाले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता तथा स्थानीय सरकार सञ्चालनका विभिन्न सूचकहरूका आधारमा मूल्यांकनल गरेर प्रथम भएको उनले बताए । उक्त मूल्याङ्कनमा बागमती गाउँपालिकाले जिल्लामै उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थान सुरक्षित गरेको हो ।

रातो समाचार संवाददाता
थप जानकारी