हेटौंडा । मकवानपुर उद्योग वाणिजय (माउवा)संघको साधारण चैत २१ हेटौंडा–२,स्थित पल्पसा प्यारा डाइसमा हुने भएको छ । गत फागुन महिनाको १५ गते बसेको माउवा संघको कार्यसमितिको बैठकले ५९ औं वार्षिको साधारण सभाको मिति तय गरेको अध्यक्ष प्रमोद सिंह रानाभाटले जानकारी दिएका छन् । वार्षिको साधारण सभाको उद्धाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नेछन् ।

माउवा संघको कार्य समितिको बैठकको निर्णय अनुसार उक्त साधारण सभामा विधान संसोधन प्रस्ताब लैजाने तयारी गरिएको माउवा संघकी महासचिव प्रतीमा श्रेष्ठले बताइन् । यस्तै माउवा संघको कृषि प्रवद्र्धन समितिले बागमती प्रदेशस्तरीय कृषि प्रर्दशनी कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रर्दशनीमा प्रदेशभरका किसानले उत्पादन गरेका कृषि परिकार, रैथानी बाली सहित कृषि औजार, उपकरण र प्रबिघीहरु प्रदर्शनीमा राखिने समिती संयोजक निलम पाण्डेले बताइन् । कृषि प्रर्दशनी भने चैत्र १३ गतेदेखि १६ गतेसम्म पल्पसा हलमा हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी