Rato Samachar
Wed, 30 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

  • यहाँ अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ । सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन् । कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार आइतबारसम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानीको अभावका कारण करिब आधा जति रोपाइँ नभएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उहाँको भनाइ छ । पाङ, कटुवाचौपारी, फलेबासलगायतका राम्रो धान उत्पादन हुने क्षेत्रमा नै रोपाइँ भएको छैन । करिब ६० प्रतिशत रोपाइँ भएको छ । “थोपाथोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गरा चर्किएका छन्”, उहाँले भन्नुभयो, “वर्षा नै नभएपछि कसलाई के पो दोष लगाउनु ?” दिनभर चर्को घाम लाग्दा पानीका मुहान सुकेर गर्मीका कारण कृषक पनि घरभित्र बस्नुपर्ने अवस्था रहेको छ । फलेबास नगरपालिका, पैँयु गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिका धान उत्पादनका मुख्य क्षेत्र हुन् । डाँडाकाँडामा रहेका ती ठाउँमा वर्षा भएपछि उर्लिएर आउने खहरेको भर परेर रोपाइँ हुने गरेको छ । वर्षा नभएका कारण खहरे नै नउर्लिएका कारण रोपाइँ भएको छैन । जिल्लाका धेरै ठाउँका कृषकले गर्मीका कारण रोपाइँ भएका खेतका गरा फुट्दा रोपेको धान नै ओइलिँदै गएको बताएका छन् । जिल्लाको कुश्मा नगरपालिका–१ पाङका कृष्णप्रसाद रिजालले यस वर्ष पाकेको मकै थन्क्याएको केही दिन भइसक्दा पनि पानीको अभावमा धान रोप्न नपाएको बताउनुभयो । रोपाइँको तयारीका लागि खेतका गरा खाली गरिए, तर वर्षा नहुँदा खेत बाँझै छन् । “पोहोर सालको तुलनामा त अहिले पानी नै परेन, अब त भोकमरी आउन लागेको हो जस्तो भयो, सबै खेत बाँझै छ, बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो”, उहाँले भन्नुभयो । समाचारमा विगतको तुलनामा यस वर्ष वर्षाको सम्भावना धेरै रहेको र बाढीपहिरो जानसक्ने कारण सतर्कता अपनाउन भनिए पनि पानीको थोपो देख्न नपाएको कृषकले बताएका छन् । कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । वर्षा भएका बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रापिएका खेत पनि सिँचाइको समस्यामा पटपटी फुटेका छन् । “धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पट्पटी फुटेको छ”, फलेबास नगरपालिका–३ शङ्करपोखरीका प्रदीप भुसालले भन्नुभयो, “दिनभर टन्टलापुर घाम लागेको छ, अलिअलि रसाउन थालेका मूल पनि घामले सुके”, उहाँले भन्नुभयो, “अब वर्षा भएछ भने पनि साउनमा रोपेको धान के पो फल्ने होला ?” –––

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology