हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको टोल विकास समितिको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । ५६ औँ विश्व वातावरण दिवसको अवसरमा शुक्रबार बिहानबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन टोल विकास संस्थाले हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
टोल विकास २ नम्बर वडा समन्वय समितिको समन्वयमा र उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेको संस्थाका महासचिव शिवहरि दहालले जानकारी दिएका छन् । कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको महासचिव दहालले बताए ।
संस्थाका अध्यक्ष धूर्वप्रसाद अधिकारीको सभाध्यक्षमा तथा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रमको सुरुवात भएको हो । कार्यक्रममा २ नम्बरका वडाध्यक्ष विष्णु गोपाल महर्जन, फूर्वादोर्जे लामाको उपस्थिति रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि शनिबार सफा हेटौँडा अभियान कार्यक्रम अन्तर्गत टोल विकास संस्थाहरुमा वृहत सरसफाइ कार्यक्रमको आयोजना गरिने छ । हरेक वर्ष जुन महिनाको ५ तारिखको दिन विश्व वातावरण दिवस मनाइन गरेको छ ।














प्रतिक्रिया दिनुहोस्