गुल्मीमा चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ति घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका-६ निनीचौरका ३० वर्षीय यम बहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनको शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

चितुवाको आक्रमणमा परेर घाइते भएका रेसुंगा नगरपालिका-६ निनीचौरका ३० वर्षीय यम बहादुर कुँवर

 

आइतबार बिहान कुखुराको फर्ममा काम गर्न जाँदा एक्कासी चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिव १० मिनेट भिडन्त भएको भाई लेखराज कुँवरले जानकारी दिए । चितुवाले ४० ठूला र २१ साना गरेर ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

 

कुँवरको प्रतिकारबाट चितुवा मरेको छ । कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले घटनास्थलमा चितुवाको मुचुल्का उठाउने काम भइरहेको छ। कुखुरा फर्ममा पसेको चितुवाले एक्कासी आक्रमण गरेपछि प्रतिरक्षाको क्रममा चितुवा मरेको घाइते कुँवरले जानकारी दिए

नयाँ पत्रिकाबाट साभारछ।