मकवानपुरको हेटौंडा १९ गुम्बाचोक स्थित एक कुखुरा फार्ममा आगलागी भएको छ ।
आज बिहान ८ः३० बजे स्थानीय जय बहादुर गोलेले सञ्चालन गरेको कुखुरा र्फाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
र्फाममा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १५ दिनको ८ सय कुखुराका चल्ला जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले बताए ।
उनले आगलागीबाट ८ सय कुखुराका चल्लासहित फार्ममा रहेको १५ बोरा दाना र कुखुराको फार्म जलेर नष्ट भएको बताए ।
आगलागीबाट करिब ५ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।
प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।























प्रतिक्रिया दिनुहोस्