निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन्। उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भईरहेको पनि बताए। निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो। स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो