नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। यहीं कार्यक्रममा मिडियाले अंग्रेजी संस्करणको म्यागजिन ‘गेम चेन्जर’को लोकार्पण गरिएको छ।
मिडियाका प्रबन्धक निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले संयुक्त रुपमा म्यागेजिनको लोकार्पण गरेका हुन्।
यो म्यागजिनमा संघीयता र आर्थिक विकासका मुद्दाहरुलाई समेटिएको छ।
यसै कार्यक्रममा नागरिक नायक २०७९ को घोषणा पनि गरिनेछ।
बसन्तपुर डबलीमा आयोजना भइरहेको यो कार्यक्रम नागरिक दैनिकको अनलाइन संस्कण नागरिकन्युजडटकम, नागरिक नेटवर्कको फेसबुक पेज र नेपाल टेलिभिजनबाट प्रत्यक्षरुपमा हेर्न सकिने छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्