हेटौँडा ४ मा रहेको एनएस सिनेमा हलमा शुक्रबारदेखि ‘आरआरआर’ प्रर्दशन हुने भएको छ ।

शुक्रबारदेखि रिलिज हुन लागेको साउथको प्रतिक्षित फिल्म  हिन्दी भाषामा  नेपालका लागि रिलिज हुँदैछ  भने एनएस सिनेमा हलमा पनि शुक्रबारदेखि प्रर्दशन हुने भएको हो ।

‘बाहुबली’ निर्देशक एसएस राजमौलीको फिल्म भएकाले पनि दर्शकहरुको पर्खाइमा रहेको फिल्मले बक्स अफिसमा सुनामी नै ल्याउने अपेक्षा गरिएको छ ।

जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगण लगायत चर्चित कलाकारको अभिनय रहेकै कारण यसले राम्रै कमाई गर्ने अपेक्षा रहेको हल प्रोपाइटर नवराज आचार्याले बताएका छन् ।

केजीएफ, साहो, पुष्पा लगायतका फिल्मले नेपालमा साउथको क्रेज बढाएको अवस्थामा  निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले यो फिल्मले दर्शकहरु तानिने बताए ।

दर्शकहरुको रोजाइमा परेको बाहुवलीमा  ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’भन्ने प्रश्न दर्शकको मनमा थियो ।त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभरझैँ नेपालमा राम्रै कमाइ गर्‍यो। यसमा जुनियर एनटीआर, रामचरण र बलिउडका अजय देवगन थपिएका छन् ।

निर्देशकले नेपाली दर्शकलाई सम्बोधन गरेर भिडियोमार्फत नेपाली दर्शकलाई फिल्म रिलिज बारे बताए । ‘

साउथको  हिन्दी डब चलचित्र चैत्र ११ गते शुक्रबार देखि प्रर्दशन हुने चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने हल संयोजक किशोर राज पौडेलले बताए ।

चलचित्रलाई हेर्नकालागि  एनएस सिनेमा हलको संपर्क नम्बर ––057-524718 अग्रिम बुकिङ्ग गर्न सकिने संयोजक पौडेलले बताए ।