लायन्स क्लब इन्टरनेशनल, प्रस्तावित डिस्ट्रिक ३२५ एसको एरिया २ को एरिया चिफमा विकेशलाल श्रेष्ठ चयन भएका छन् ।

सामाजिक सहयोगीमा परिचित बनेका हेटौंडाका युवा श्रेष्ठलाई प्रस्तावित डिस्ट्रिक ३२५ एसका बारामा भएको प्लानिङ्ग वर्कसप कार्यक्रममा सन् २०२२ र ०२३ का लागि एरिया २ का एरिया चिफमा नियुक्त भएका हुन् ।

मकवानपुरका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका श्रेष्ठलाई डिष्ट्रिक गभर्नर अमरबहादुर श्रेष्ठले श्रेष्ठलाई एरिया चिफमा नियुक्त गरेका हुन् ।

उनी लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथको २०१८र०१९ मा अध्यक्ष समेत भएका हुन् भने सन् २०१५ र० १६ बाट लायन्स यात्रामा सक्रिय रहेका छन् ।

चिफमा विश्वास गरेर नियुक्त गरेपछि दिएको जिम्मेवारी कुशलतापूर्वक इमान्दारीका साथ निर्वाह गर्ने र लायन्सको मूल्य र मान्यता अनुसार संस्थालाई अगाडि बढाउने श्रेष्ठले बताए ।