हेटौंडा उपमहानगर–१५ वडा कार्यालयले विज्ञान शिक्षालाई थप व्यवहारिक, सिर्जनशील र प्रभावकारी बनाउने उद्देश्य सहित विद्यार्थीको निमित्त विद्यालयलाई विज्ञानसम्बन्धी शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
चुरियामाई माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालयलाई विज्ञान शिक्षाका लागि आवश्यक विभिन्न शैक्षिक सामग्री वडाध्यक्ष सुनिल मोक्तानको पहलमा हस्तान्तरण गरिएको हो।
विद्यार्थीमा प्रयोगात्मक सिकाइ, खोज, अनुसन्धानको विकास गराउने उद्देश्यमा विज्ञानसम्बन्धी सामग्री उपलब्धले थप ज्ञान बढ्ने वडाध्यक्ष मोक्तानले बताएका छन्।
शिक्षामा गरिएको लगानी नै सक्षम र समृद्ध समाज निर्माणको आधारबन्ने र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहबाट आवश्यक सहयोग निरन्तरता रहने प्रतिवद्धता गरेका छन्।
बालबालिकाको भविष्य निर्माणमा विद्यालयको आवश्यकता र मागअनुसार शैक्षिक क्षेत्रमा सहयोग हरपल रहने भनाइ छ ।


















प्रतिक्रिया दिनुहोस्