हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७,स्थित हटियामा रहेको शिवम शिमेन्ट उद्योगबाट निस्कने प्रदुष्ण नियन्त्रणका लागि छलफल भन्दा पनि समस्या समाधानका लागि गर्न सकिने उपायबारे बुझ्न आवश्यक रहेको स्थानीय वासिन्दाहरुले बताएका छन् । आइतबार सेवा, सहयोग र आवाजमा हामी संस्थाले शिवम सिमेन्ट उद्योगबाट उत्पन्न धुलो प्रदूषण, वातावरणीय असर, स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि तथा जनजीवनमा परेको प्रभावका सम्बन्धमा æजनताको प्रश्न, सम्बन्धित निकायको उत्तरÆ शीर्षकमा आयोजना गरेका सार्वजनिक सुनुवाइ कार्यक्रम आफ्नो गुनासो राख्दै हेटौंडा–१६ र हेटौंडा–१७ का स्थानीय वासिन्दाहरुले त्यस उद्योगबाट स्थानीय वासिन्दाहरुलाई परेको समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने कुराको निष्कर्ष निकाल्न आवश्यक रहेको उनीहरुले बताएका छन् ।
शिवम सिमेन्ट उद्योगबाट निस्किएको धुँदो तथा अनावश्यक बिग्रिएको सामाग्रीहरुलाई कस्तो ठाउँमा र कसरी व्यवस्थापन गरिएको छ भन्ने कुराको उनीहरुले प्रश्न गरेका हुन् । जबकी उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा सिमेन्ट उद्योगका कुनै प्रतिनिधिहरुको भने उपस्थिति रहेको थिएन । वडाका स्थानीय वासिन्दाहरुमाथि हावा, हुरी, हुन्दरी र वर्षा आएको समस्या बढी असर पर्ने गरेको उनीहरुले गुनासो गरेका थिए । अहिले विज्ञान र प्रविधिको युगको समयमा शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुलो र धुँवाका न्यूनीकरणका लागि प्रविधिको प्रयोगमार्फत मज्जाले व्यवस्थापन गर्न सकिने सुझाव दिएका छन् ।
वडाका वासिन्दा तथा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का र्याट विभाग प्रमुख महेन्द्र श्रेष्ठले शिवम उद्योग कम्पनीको ट्रकले बढी ओभर लोडेड सामाग्रीको ढुवानी गरेको कारणले दुर्घटना हुने गरेको गुनासो गरेका छन् । रास्वपाका ¥याट विभाग प्रमुख महेन्द्र श्रेष्ठले शिव उद्योगको कर्मचारीले ओभर लोड गरेको अवस्थामा चालक, सहचालकलाई जरिवान गराएर मात्र छोड्नुभन्दा पनि उनीहरुका लागि एउटा सचेतना मूलक कार्यक्रम गरेर चेतवानी दिन आवश्यक रहेको उनले बताए । वडाका रहेको ७, ८ वटा विद्यालयमा त्यसको प्रदुष्णको प्रत्यक्ष असर परेको उनले बताए । नितान्तको जनताको आवाजको विषयमा बोल्न जरुरी रहेको उनले बताए । शिवम् सिमेन्ट उद्योगले सामाजिक उत्तर दायित्व पालना गर्दै समस्या समाधान गर्ने भनेर धेरै पहिले प्रतिवद्दता व्यक्त गरेपनि कार्यन्यन भने नगरेको उनले बताए ।
वडाका स्थानीय वासिन्दा चर्तुभूज उपाध्यायले शिवम सिमेन्ट उद्योगको ३० मिटरको वरपर आफ्नो घर भएको कारणले धेरै समस्याबाट गुज्रिनु परेको गुनासो गरेका छन् । उनले शिवम सिमेन्टको अत्याचारको कारणले धुँलो र धुँवामा रुमालिएर बाँच्नुपरिरेको जानकारी गराए । उनले सार्वजानिक सुनुवाई कार्यक्रममा सिमेन्ट उद्योगको कुनै कर्मचारी तथा प्रतिनिधिहरुको उपस्थिति नभएकोमा आपत्ती जनाउँदै यसको समस्या समाधान गर्नका लागि पहल गर्ने कि नगर्ने भन्ने विषयमा प्रश्न गरेका छन् । उनले भने–हामी जस्ता मनिसहरुको पीडा कसले बुझ्ने ?, कसले सुन्ने ?, शिवम उद्योग सञ्चालन र बन्दको हामीलाई मतलब भएन तर धुँलो धुँवा हाम्रो घर आगन सम्म आउनु भएन् । स्थानीय वासिन्दाहरुको समस्यालाई वेवास्ता गरेको गुनासो गर्दै उनले धुँलो र धुँवाको प्रदुष्ण नियन्त्रण हुनुपर्ने माग राखेका छन् । शिवम् सिमेन्ट उद्योग प्रदुष्ण नियन्त्रण गर्ने निकाय कुन हो ? प्रत्यक्ष मारमा हामी परेका छौं । भाषण भन्दा पनि काम गरेर जनतालाई विश्वास दिलाउने तर्फ लाग्नुपर्ने उनको सुझाव थियो ।
अर्को स्थानीय वासिन्दा रामचन्द्रले उद्योगमा कतिको अनुगमन भएको छ भन्ने कुराको प्रश्न गर्दै वडाका वासिन्दाहरुको पीडालाई कसैले मध्य नजर नगरेको बताए । यसको समस्या समाधानका लागि आधिकारिक रुपमा समस्या समाधानका लागि पहल नभएको जीकिर गरे । उनले यस विषयमा ठोस पहल गरेर वर्षौ देखि उद्योग बन्द गर्ने विषयमा ठोस निष्कर्ष निकाल्न नसकेको बताए ।
कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष उत्सव इटेनीले सबैले व्यवसायी गर्दै गर्दा अरुलाई हानी नोक्सानी पु¥याउने काम गर्न नहुने धारणा राखेका छन् । वडाका वासिन्दाहरुलाई परेको समस्याको मर्मलाई आफूले बुझेको र यसको समस्या समाधान गर्नका लागि आफूले कदम चाल्ने विश्वास दिलाएका छन् । यस विषयमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चासो देखाएर वडाका अध्यक्ष र संस्थाका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा केहि पनि सम्पर्कमा नआएको उनले बताए ।
नेपाली कम्युनिष्ट पार्टी -नेकपा)का जिल्ला संयोजक भीम पाख्रिनले हिजोको समयमा पनि जनताको मुद्दालाई उठाएर काम गरिरहेको दावी गरेका छन् । नेकपाका संयोजक पाख्रिनले पार्टीले उद्योगसँग मिलेर जनताको स्वास्थ्यमाथि कुनै प्रकारको खेलवाड गर्ने काम नगरेको दावी गरेका थिए । स्थानीय वासिन्दाहरुको समस्यालाई समाधान गर्नुपर्छ भन्ने विषयमा पार्टीले छलफल गर्दै आएको उनको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्षले कुनै पनि राजनीतिक दलका प्रतिनिधिहरुले जनताको स्वास्थ्यमाथि खेलवाड हुने काम नगर्ने दावी गरेका छन् । उद्योगबाट आउने गरेको धुलो र धुँवाले सबैमाथि समस्या परेको स्मरण गर्दै सम्बन्धी निकायले निकायले ध्यान नदिएको भनेर जनताले गुनासो गर्नु स्वभाविक रहेको उनले बताए । राप्रपा सधैँ जनताको पक्षमा लागेको उनले बताए । उनका अनुसार पार्टीले जनताको विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि माग राखेको छ ।
राष्ट्रिय मानव अधिकार मञ्चका अध्यक्ष एवम् अधिवक्ता केशवप्रसाद गौतमले कतिपय अवस्थामा कानून निर्माण भएपछि कार्यन्वयनको समस्या समस्या हुने गरेको स्वीकार गरेका छन् । जनताको समस्याको अवस्था कतिपय ठाउँमा सेटिङ्गमा पैसा खाने गरेकोले समस्याको समाधान नहुने गरेको उनले बताए । स्थानीय वासिन्दाहरुलाई समस्यामा पारेर उद्योग सञ्चालन गर्न नपाउने कानूनमै उल्लेख गरिएको उनले बताए । यसका समाधानका लागि उद्योग व्यवस्थान समितिको निर्माण गर्न आवश्यक रहेको बताउँदै उद्योग व्यवस्थापनसँगको समन्वयमा एक प्रकारको सार्वजानिक सुनुवाई कार्यक्रम गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, जिसस सभापति ललितबहादुर घलान प्रहरी, ट्राफिक प्रहरी, संस्थाका अध्यक्ष विशालराज महत लगायको उपस्थिति रहेको थियो ।




























प्रतिक्रिया दिनुहोस्