हेटौंडा । होटल संघ पोखराका टोली हेटौंडामा आइपुगेका छन् । जाउँ है पोखरा भन्ने मूला नाराका साथ अभियान बोकेर हेटौंडा आइपुगेका होटल संघ पोखराका टोली शुक्रबार हेटौंडामा आइपुगेका हुन् । शुक्रबार हेटौंडा–२,स्थित होटल एभोकार्डोमा पोखराका आन्तरिक पर्यटन प्रवद्र्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
्
वीरगञ्ज, विराटनगर,इलाम हुँदै शुक्रबार अन्तिर कार्यक्रमको रुपमा बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा होटल एशोसिएसन मकवानपुरका, होटल संघ पोखराका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आन्तरिक पर्यटन प्रवद्र्धन लगायतका विषयहरुमा छलफल गरिएको थियो ।
होटल संघ पोखरका अध्यक्ष लक्ष्मण सुवेदीको सभाध्यक्षमा तथा होटल एशोसिएसन मकवानपुरका संस्थापक अध्यक्षको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा भिडियो मार्फत पोखराको पर्यटन प्रवद्र्धनको विषयमा र पर्यटन प्रवद्र्धन गर्न सकिने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरुले पर्यटन प्रवद्र्धनको विषयमा भएको कमीकमजोरी र पर्यटन प्रवद्र्धनका लागि गर्न सकिने विषयको बारेमा आफ्नो धारणा राखेका थिए । यस अघि वीरगञ्ज, इलाम र विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको छ भने शुक्रबार हेटौंडामा अन्तिम कार्यक्रमको आयोजना गरिएको थियो ।




















प्रतिक्रिया दिनुहोस्