हेटौंडा । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरका दुई उम्मेद्वारले आफ्नो चुनावी प्रतिवद्दतापत्र सार्वजानिक गरेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेद्वारी बनेका प्रलोपाका उम्मेद्वार तेजप्रसाद उप्रेती (रमेश) र सन्तोष विष्टले सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो चुनावी प्रतिवद्दतापत्र सार्वजानिक गरेका हुन् । प्रलोपाका रमेशले मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै प्रलोपाका सन्तोषले मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् । उनीहरुले राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको विज्ञहरुको मन्त्रीमण्डल पूर्ण समानूपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापकीय सांसद सुनिश्चितता, गाँजा खेती र प्रसोधनको उद्योग, गरिबी अन्त्य गर्ने र बसाइँ सराईको बाध्यतालाई हटाउनका मुख्य एजेण्डा बनाएको बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९,स्थित वस्तीपूरका रमेशले ठाकुर राम बहुमुखी क्याम्सबाट समाज शास्त्रमा एम.ए र त्रिभुवन विश्व विद्यालय अन्तर्गतको मकवानपुर बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा बि.ए गरेका हुन् । उनले २०७३ सालमा नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य, सन् २०१६ सालमा अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको सल्लाहकार, सन् २०१६ सालदेखि २०१८ सालसम्म अन्तर्राष्ट्रिय नेपाली समाज प्रथम महासभा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को मकवानपुर संयोजक र प्रलोपाको संघीय सभा सदस्य पदको जिम्मेवारी सम्हालेको राजनीतिक अनुभव गरेका छन् ।
प्रलोपा केन्द्रीय सदस्य तथा प्रलोपा बागमती प्रदेश समितिका सह–इन्चाज समेत रहेका थाहानगरपालिका वडा नम्बर–३,स्थित बाहुनगाउँका विष्ट पेसाले उद्योग व्यापारी हुन् । त्रिभुवन विश्व विद्यालयबाट राजनीतिक शास्त्रमा स्नातोत्तर पूरा गरेका विष्टले जनयुद्धमा ६ महिने सैनिक हिरासद र २ वर्ष जेल जीवन बिताएर राजनीतिक अनुभव गरेका छन् । उनले छिमेकी भूलूक भारत, चीन, कतार जर्मनी,फ्रान्स,स्वीजरल्याण्ड र अष्ट्रिया भ्रमण गरेका छन् ।
मकवानपुर–१ का उम्मेद्वार रमेशले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रयपति र मुख्यमन्त्री हुनुपर्ने र सांसद भएपछि नीति नियम कानूनलाई बनाउनुपर्छ भन्ने मूल एजेण्डाका साथ राजनीतिक नियुक्तिलाई अनत्य गर्नुपर्छ भन्ने मान्यताले चुनावमा होमिएको उनले बताएका छन् । हेटौंडाको १५ वटा वडामा भ्रमण गर्दा हेटौंडा–१२, हेटौंडा–१३ र हेटौंडा–१४ मा वन आरक्षण सम्बन्धीको समस्याको पहिचान गरेको, ढल निकासयको अवस्था गम्भिर भएको र स्थानीय स्तरमा रोडको समस्याको विषयमा गुनासो पाएको उनले बताए । बागमती गाउँपालिकामा मकवानपुरभरीनै भूमि र सुकुम्वासी सम्बन्धी समस्याहरुको गुनासको आएको उनले बताए । भूमिको समस्यालाई कानुन अनुसारनै संसोद गरेर राज्यले कानून बनाएर लालजपूर्जाको समस्यालाई समाधान गर्ने योजना रहेको उनले बताए । आफ्नो क्षेत्र अन्तर्गत रहेका समस्याहरुलाई पहिचान गरेर राष्ट्रियस्तरको प्रतिवद्दता एजेण्डाहरुलाई प्रस्तुत गरेको उनले बताए । सुशासन, सम्वृद्धि र भ्रष्टचार निर्वारण विषयलाई समावेश गरेर सामाजिक सञ्जालमार्फत जनताहरुलाई जानकारी गराएको उनले बताए । सांसदमा निर्वाचित भएपछि मन्त्रीमदण्ड बिस्तारका लागि आफ्नो जिल्लामा ध्यान नदिएर मन्त्रीमण्डल बिस्तारका लागि लाग्ने होडबाजीको कारणले स्थानीय स्तरसम्म सांसद पुग्न नसेकको गुनास देखिएको उनले बताए ।
यस्तै, मकवानपुर–२ का उम्मेद्वार विष्टले गाँजाखेती र प्रसोधान उद्योग, गरिबी अन्त्य गर्ने र पर्यटन उद्योगको विषयलाई प्रमुख मुद्दा बनाएर प्रतिवद्दतापत्र पेश गरेका छन् । उनले गाँजा खेती र त्यसबाट बन्ने औषधीहरुको बस्तुहरुको उत्पादन गर्न तथा गाँजाको दुरुपयोग हुन नदिन कानूनको तर्जुमा गरेर कार्यन्यनमा ल्याउने बताएका छन् । मकवानपुर–२ प्राकृतिक जीवन्त साँस्कृतिक, धार्मिक पर्यटन केन्द्र भएकोले पर्यटन विकासको सम्भावनाबारे युरु योजना विकास गरेर ठूलो पर्यटन उद्योग क्षेत्रको रुपमा विकास गर्न आवश्यक प्रयत्न गरिने प्रतिवद्दतापत्र मार्फत जानकारी गराए । भौति पूर्वाधार अन्तर्गत काठमाडौं चित्लाङ, सडक खण्डलाई राष्ट्रिय गौरवको आयोजना सरह प्राथमिकता दिएर स्तरोन्नती गरिने उनले बताए । कान्तिलोकपथ र कुलेखानी–फाखेल–फर्पिङ सडकलाई वर्षैभरी सुरक्षित सवारी चल्नेगरी पहिरो नियन्त्रणसहितको आधुनिक सडक बनाइने उनले बताए । ग्रामिण तथा पहाडी क्षेत्रबाट बसाई सराई गरेकाहरुलाई पुनस्थापना गर्न प्रोत्साहित गरिने उनले बताए ।

















प्रतिक्रिया दिनुहोस्