हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निश्पक्ष चुनाव गर्न नसक्ने आरोप लगाएका छन् । उनले प्रधानमन्त्री कार्कीको चुनाव गराउने आधार र अधिकार नभएको आरोप लगाएका हुन् । बिहीबार हेटौँडामा भएको प्रतिनिधि सभा निर्वाचन विशेष कार्यकर्ता भेटघाट तथा प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशीला कार्की कहाँबाट प्रधानमन्त्री बन्न आएको ?, कसको स्वीकृती प्रधामन्त्री बनेको र कसले सिफारिस गराएको भन्ने कुराको प्रश्न गरे ।
प्रधानमन्त्री कार्कीले निश्पक्ष भन्ने गरेपछि उनको मन्त्री मण्डल सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कब्जा गरेको दावी गरेका छन् । बारवार फाण्डेशन नामको आइएनजीओमा कार्यरत मानिसहरुको सरकार बनेको बताए । पदको अपेक्षासहित संसद विघटन मार्फत विस्तार भएका कार्कीको नेतृत्वको सरकारको मन्त्री मण्डका मन्त्रीहरु सबै राजीनामा दिँदै रास्वपाबाट चुनावमा उत्रिएको बताए ।
आफ्नो अवकास भएका कर्मचारीहरको सरकार बनेको बताउँदै उनीहरुले आफ्नो अनूकूलतामा नियम कानुनको निर्माण गरेर प्रहरी प्रशासनलाई आफ्नो हिसबाले चनाउने बनाएर चुनावमा होमिने गएको बताए । प्रधानमन्त्री कार्कीसँगै अहिलेको सरकारमा भएका मन्त्रीहरु निश्पक्ष नभएको उनले दावी गर्दै प्रष्ट पारेका छन् । उनीहरुलाई रास्वपा पार्टीको सहयोगकर्ताको रुपमा मानिसहरुले लिएको धारणा राखेका छन् । देश र जनताको लागि लडेको निश्पक्ष सरकार बनाउनुपर्ने माग आफूहरुले राखेको उनले बताए । निर्वाचन हुने पक्का भएपछि माओवादी पार्टीले चुनाव लड्ने निर्णय लिएको उनको भनाई थियो ।
नेपालमा लगायतार विद्रोह गरेका र संघर्ष गर्ने मध्येको एक पार्टी माओवादी रहेको उनले दावी गरेका छन् । नेपाली जनताको मागसँग सम्बन्धीत रहेर भ्रष्टचार, राष्ट्रिय स्वादहिन्ता लगायतका विरुद्ध बढी दुःख कष्ठको सामना गरेर लड्ने काम माओवादीले गरेको उनले बताए । देशको नेतृत्व सुशीला कार्कीले नगरेर माओवादी पार्टीले गर्न पाउनुपर्छ भन्ने माग राखेको उनले बताए । जेनजीले उठ्ठान गरेको कुराहरुलाई १३ बुँदे पत्रमा समावेश गरेर राज्यलाई बुझाएको उनले दावी छ । नेपालमा स्थित सरकार बन्नुपर्छ भन्ने माग आफूहरुले राखेको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्