आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि बिभिन्न दल र स्वतन्त्र तर्फबाट उम्मेदवार बनिसकेको अवस्था छ ।
गए भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।
यसैक्रममा सांसद बन्ने लक्ष्यसहित चुनावी मैदानमा कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टी मकवानपुरका अध्यक्ष सुरेन्द्र लामा (योन्जन) मकवानपुर क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार बनेका छन् ।
(अध्यक्ष सुरेन्द्र लामा (योन्जन) ) Computer Engineer – TU college topper

उक्त क्षेत्रमा रहेका सडक, कृषि, शिक्षा तथा स्वास्थ्य लगायत नागरिकको समस्या र मुद्दाहरूलाई आफ्नो शिक्षाकोयोग्यता र क्षमताको आधारमा क्रमशः समाधान गर्ने धारणमा उम्मेदवारी दिएको उम्मेदवार योञ्जन बताउँछन् ।
आधुनिक समयमा प्रविधिको प्रभावकारी प्रयोगलाई सबै क्षेत्रमा समानान्तर रूपमा लागू गर्दै क्षेत्रगत विकासलाई नीतिगा तर्फ लैजाने प्रतिवद्धता रहेको बताए ।
चुनावी मैदानमा उत्रिएसंगै जनतासंग प्रत्यक्ष पुगेर भएका समस्या बुझ्ने र त्यही अनुसार काम गर्ने लक्ष रहेको बताए ।
Computer Engineer – TU college topper – इन्जिनियर समेत रहेका पार्टीका मकवानपुर अध्यक्ष सुरेन्द्रले दिएको जानकारी अनुसार मकवानपुर बकैया गाउँपालिका–५ राईगाउँ वडा नं. १ र २ मा क्रमशः संगठन विस्तार भइरहेको छ ।
प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका थिए ।
अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा बुझाएका घिसिङको नेतृत्वमा बनेको हो ।
……………………………………………………………………………………………………………………………………………..
मकवानपुरलाई हेर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र तर्फबाट गरेर कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
क्षेत्र–१ बाट २३ जना क्षेत्र–२ बाट २१ जना भिड्दै छन् ।
उम्मेद्वारहरु प्रचार प्रसारका लागि पनि दौडधूपमा व्यवस्थ देख्दा निर्वाचनको माहोल रोचक बन्ने देखिन्छ ।



















प्रतिक्रिया दिनुहोस्