रोशन दिप – बाग्मती प्रदेशको राजधानी हेटौंडाको अग्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विकेशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
श्रेष्ठको अध्यक्षतामा शनिबार दशौं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
संस्था सदस्यहरुमा मिनु अग्रवाल, राजाराम कार्की, सुवास विडारी, कमला श्रेष्ठ तथा पुरुषोत्तम पौडेल चयन भएका छन् भने उपाध्यक्षमा दीनेश अर्याल, सचिव पवित्रा दहाल, कोषाध्यक्ष प्रल्हाद मिश्र चयन भएका छन् ।
लेखा समिति संयोजकमा दीपक खत्री तथा सदस्यमा सन्तोष देवकोटा र रमा तिवारी चयन भएका छन् भने भेलाले निवर्तमान अध्यक्ष निलम वैद्यलाई संरक्षक चयन गरेको हो ।
मन्तव्य व्यक्त गर्ने व्यक्तित्वहरुमा साधारणसभामा जिल्ला वचत तथा ऋण सहकारी संघ सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष गणेश लामा तथा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल रहेका थिए भने साधारणसभा वैद्यको सभाध्यक्षतामा भएको थियो ।
























प्रतिक्रिया दिनुहोस्