Rato Samachar
Mon, 15 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

धितोपत्र बजारः सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा

पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् । त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो शेयरको अकाण्ट खुलेको छ । कूलरुपमा आठ अर्ब ५८ करोड ४३ लाख ५८ हजार ६६९ कित्ता शेयर अभौतिकीकरण भएको छ । यसैगरी ३५ वटा म्युचुअल फण्ड र ५९ वटा बण्ड र डिवेञ्चर पनि सूचीकृत भएका छन् । धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८÷७९ मा मात्रै रु सात अर्ब २० करोडभन्दा बढीको साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न स्वीकृत दिएको छ । यसबाट पनि नेपालको शेयर बजार विस्तार भएर गएको देखिन्छ । बोर्डले कूल सात करोड २० लाख ३६ हजार ४२५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्रीका लागि स्वीकृत दिएको पाइएको छ । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीले पाए अनुमति बोर्डका अनुसार सो आवमा कूल २८ कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएकामा सबैभन्दा धेरै जलविद्युत् समूहका कम्पनी छन् । शेयर निष्कासनको अनुमति पाउनेमा १९ जलविद्युत् कम्पनी छन् । आर्थिक वर्ष २०७८÷७९ को पहिलो अनुमति गत वर्षको साउन ११ गते न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई शेयर विक्रीका लागि अनुमति पारएको थियो । कम्पनीले कूल ४० लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको थियो । यस अवधिमा साहस ऊर्जाले रु १०० अङ्कित मूल्यका एक करोड पाँच लाख कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ लाख कित्ता, बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रीन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता, रिभरफल्स पावरको ३४ लाख ३० हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएका थिए । सर्वसाधारण र आयोजनाले प्रभाव पार्ने क्षेत्रका स्थानीय बासिन्दाका लागि ती कम्पनीले शेयर बिक्रीसमेत गरी सकेका छन् । त्यस्तै विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ लाख कित्ता, दोर्दी खोला जलविद्युत् कम्पनीको २९ लाख ५१ हजार ९२९ कित्ता, हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ लाख सात हजार ५०० कित्ता, अप्पर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता, राप्ती हाइड्रोको २९ लाख ४१ हजार ४१० कित्ता शेयर बिक्री गर्न अनुमति पाएका थिए । बोर्डले श्वेत गङ्गा हाइड्रोपावरको ३९ लाख ८२ हजार ५०० कित्ता, सयपत्री हाइड्रोपावरको नौ लाख कित्ता, मन्दाकिनी हाइड्रोपावरको १७ लाख ६४ हजार ११० कित्ता, पिपल्स पावरको ३१ लाख कित्ता, रसुवागडी हाइड्रोपावर(सर्वसाधारणका लागि)को ६८ लाख ४२ हजार १०० कित्ता, सान्जेन जलविद्युत् कम्पनी (सर्वसाधारणका लागि)को ३६ लाख पाँच हजार, सिक्लेस हाइड्रोपावरको २० लाख कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा अधिकांश कम्पनीले शेयरको निष्कासन तथा बिक्री गरिसकेका छन् भने केही कम्पनी शेयर बिक्रीका लागि आह्वान गर्ने क्रममा छन् । जसमा स्वेत गङ्गा हाइड्रोपावरको शेयर बिक्री खुला भएको छ भने सयपत्री हाइड्रोपावर, सिक्लेस हाइड्रोपावरको र मन्दाकिनी हाइड्रोपावरको शेयर बिक्री हुने क्रममा छन् । लगानी समूहको एकमात्रै कम्पनीले पायो अनुमति गत आवमा लगानी समूहबाट इमर्जिङ नेपाल लिमिटेडले मात्र शेयर बिक्रीका लागि अनुमति पाएको छ । इमर्जिङले रु १०० अङ्कित मूल्यमा पाँच लाख ५५ हजार ६०० कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले शेयर सर्वसाधारणलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । गत आवमा कूल २८ कम्पनीमध्ये आठ लघुवित्त कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएको बोर्डले जनाएको छ । जसमा नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाँच लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आठ लाख ५० हजार कित्ता, उपकार लघुवित्त वित्तीय संस्थाले दुई लाख ३६ हजार २५० कित्ता, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले तीन लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएका थिए । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले ६७ हजार कित्ता, धौलागिरि लघुवित्त वित्तीय संस्थाले तीन लाख ३१ हजार कित्ता र अभियान लघुवित्त वित्तीय संस्थाले नौ लाख ७५ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएका थिए । अनुमति पाएका अधिकांस लघुवित्त संस्थाले शेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेका छन । लघुवित्त कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा शेयर बिक्री गर्न बाँकी छ । बोर्डबाट गत आबमा चार करोड ७८ लाख ७१ हजार ८८२ कित्ताको रु चार अर्ब ७८ करोड ७१ लाख ८८ हजार २९४ मूल्य बराबरको राइट शेयर जारी गर्न ११ कम्पनीले अनुमति पाएका थिए । रु सात अर्बभन्दा रकमका शेयर पाइपलाइनमा त्यस्तै धितोपत्र बोर्डका अनुसार रु सात अर्ब १० करोडभन्दा बढी रकमका शेयर निष्कासनको अनुमतिको प्रतीक्षामा छन् । जसमा दुई कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्न पाउँ भन्दै बोर्डसमक्ष माग गरेका छन् । सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology