जनता समाजवादी पार्टी मकवानपुरले जसपाले जिल्लामा पार्टी एक भएको भन्ने भ्रमपुर्ण विज्ञप्ति भन्दै ध्यानाकर्षण गराएको ।
बुधाबार एक विज्ञप्ती जारी गर्दै मिति २०७८ पौष १२ गते जनता समाजवादी पार्टी मकवानपुरको हवला दिदै कथित अनाधिकृत ब्यक्तिहरुले जिल्लामा पार्टी एक भएको भन्ने भ्रमपुर्ण विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
पुर्व संघिय समाजवादी फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोले तामाङ, पुर्व नयाँ शक्ति पार्टी मकवानपुर संयोजक राजेन्द्र सिम्खडा ‘दारी बा’ र पुर्व राष्ट्रिय जनता पार्टी, मकवानपुर अध्यक्ष युनेश सिन्तान तामाङको संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती सहित यस्तो जनाईएको हो ।

विज्ञप्ती यस्तो छ ।

 

मिति २०७८ पौष १२ गते जनता समाजवादी पार्टी मकवानपुरको हवला दिदै कथित अनाधिकृत ब्यक्तिहरुले नयाँ शक्ति, स.स.फो. र रा.ज.पा. को तर्फबाट हस्ताक्षर गर्दै मकवानपुर जिल्लामा पार्टी एक भएको भन्ने भ्रमपुर्ण विज्ञप्ति प्रति हामी समायोजनको आधिकारिक पुर्ववत पार्टी हरु नयाँ शक्ति, स.स.फो. र रा.ज.पा. तिनै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने व्यक्तिहरु आधिकारिक नरहेको र नभएको साथै नेकपा बिप्लब समूह र लोकतान्त्रीक पार्टी भन्ने संग हामी आधिकारिक तीन दलको कुनै सम्बन्ध नरहेको जानकारी सहित पार्टी समायोजन हुँदा बृहत् कार्यक्रम सहित हुने र पत्रकार सम्मेलन मार्फत सम्पूर्णमा जानकारी गराईने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।