हेटौंडा – प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले हेटौंडा ६ स्थित गौरीटार रंगशालाको काम मध्य क्रिकेट रंगशाला र स्वीमिङ्गपुल निर्माण कार्यपनि अघि सरेको बताएका छन् ।

बागमती प्रदेश सरकार गठन भएपछि विगतकै गुरुयोयोजना अन्तरगर्तनै परिकल्पना गरिएका संरचनामा  केही परिमार्जित गरेर  समय अनुसार प्रदेश खेलकुद बिकास परिषद्ले नै सूविधायुक्त रंगशाल बन्ने योजनालाई अघि सारेको बताएका हुन् । भनेजस्तो गरेर काम अघि सर्न नसकेको भएतापनि प्रदेश खेलकुद विकास परिषद् मार्फत निकै कामहरु भएको र फुटबल ग्राउन्ड, रिटेनिङ वाल, रनिङ ट्र्याक र भीआईपी प्यारापिट निर्माण हुने बताए ।

अन्तराष्ट्रि मापदण्ड पुग्ने लगभग २३ विगाहमा फैलिएको रंगशालामा फुटबल मात्र नभएर हरेक खेलकुदका गतिविधिहरु गर्न मिल्ने अत्यधुनिक सूविधायुक्त रंगशाल बन्ने योजना अघि बढेको बताएका हुन् ।

सदस्य सचिव भण्डारीले भने “आउँदो असार मसान्त सम्ममा पहिलो चरण अन्तरगर्त स्तरीय प्याराफिट सहितको खेलमैदानको काम असार मसान्त सम्म करिब ३० करोड बराबर बजेटको काम सम्पन्न हुन्छ, राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकिने गरि क्रिकेट रंगशाला निर्माणको काम पनि तिब्रगतीमा हँुदैछ, अब १ वर्षको अवधीमा काम सम्पन्न हुन्छ ।”

वि.स. २०४० सालमा तत्कालिन राजा बिरेन्द्रले नै उद्घाटन गरेर खेलकुदको आयोजनामा तत्कालि प्रधानमन्त्री माधव कुमार नेपालले केन्द्रिय खेलकुद प्रतिष्ठानका रुपमा २०६४ जेठ २८ गते सिलान्यास गरेर गुरु योजना अघि सारिएको थियो ।

संघीय सरकार अन्तरर्गत या प्रदेश सरकार अन्तरर्गत रहने भनेर निमार्ण कार्य अन्यौलमा परेको अवस्थामा संघीय व्यवस्था अन्तर्गत बागमती प्रदेश सरकार मार्फत नै निर्माण गरिने भएपछि २०७४ सालमा प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले कार्य अघि बढाएका थिए ।

पटिल्लो समयमा बागमती प्रदेश सरकारले फुटबल, भलिबल, क्रिकेटका लागि खेल मैदान, स्विमिङ पुल, छात्र र छात्रा होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने राष्ट्रिय खेलकुद परिषद्को योजना सहित कार्य अघि बढाउन १३ कारोड ३८ लाख लागत बजेटमा केसी सप्तकोशी ओम साई जेबीलाई निर्माणको जिम्मेवारी दिएको थियो ।

राजेश गरिब
थप जानकारी