नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको नवनिर्वाचित कार्यसमितिहरुलाई सपथ ग्रहण गराईएको छ ।

फोनिजको पाँचौ अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराईएको हो ।

निर्वाचन समितिका संयोजक एवं फोनिजको अनुशासन विभागका संघीय संयोजक कुमार नेगीद्धारा गराइएको पद हस्तान्तरण तथा सपथ ग्रहणमा निर्वतमान अध्यक्ष कृष्ण सारु मगरले नवनिर्वाचित अध्यक्ष अशोक सुजन श्रेष्ठलाई कार्यभार सुम्पदै पद हस्तान्तरण गरेका थिए ।

मंगलबार सम्पन्न पद तथा गोपनियताको सपथ ग्रहणमा फोनिज मकवानपुरको नयाँ १३ सदस्यीय कार्यसमिति, प्रदेश प्रतिनिधि र संघीय प्रतिनिधिहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

यसैगरी, फोनिज मकवानपुरले पूर्वअध्यक्ष पुर्णिमा गोलेलाई कदर पत्रसहित सम्मान गरेको छ भने गोलेलाई जनजाति र पत्रकारको उत्थानमा सहयोग पु–याएको भन्दै सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, फोनिजको अनुशासन विभागका संघीय संयोजक एवं पूर्व जिल्ला अध्यक्ष अध्यक्ष नेगी, पूर्वअध्यक्ष गोले, निवर्तमान अध्यक्ष मगर फोनिजका संघीय प्रतिनिधि एवं अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठ, निर्वाचन समितिका सदस्य एवं संघीय प्रतिनिधि सुरेश श्रेष्ठ, फोनिजका संघीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला कार्यसमिति लगायतको उपस्थिति रहेको थियो ।