हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४को आयोजनामा प्रथम बृहत वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
शैक्षिक सुधार समिति वडा नम्बर– ४ को व्यवस्थापनमा खेलकुद प्रतियोगिता– २०८० अन्तरर्गत हुने भएको हो ।
शुक्रबार वडा कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउदो माघ २६ र २७ गते हेटौंडा -४ स्थित हुप्राचौरमा खेलकुद प्रतियोगिता हुने भएको जानकारी गराइएको हो ।
जानकारी गराए अनुसार वडा नम्बर-४ मा रहेको सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले खेलमा सहभागि हुनेछन् ।
प्रतियोगितामा भाग लिनका लागि माघ २५ गते ३ बजेसम्म वडा कार्यालयमा समुहको नाम दर्ता गराउनु पर्ने शैक्षिक सुधार समितिका अध्यक्ष श्रीराम दाहालले बताएका छन् ।
दुई दिन हुने खेल प्रतियोगितामा एथलेटिक्स, रिलेदौड, लङ्गजम्प, ट्रिपल जम्प, सटपुट, भलिबल , फुटबल, क्रिकेट लगायतका खेलहरु हुने अध्यक्ष दाहालले बताए ।
यसै विषयमा ४ नं.वडाका अध्यक्ष नवीन सिग्देलले विद्यालय स्तरबाटनै खेलाडीहरु उत्पादन गर्न आवाश्यक रहेको बताए ।
अहिलेको अवस्थामा नगद नगद पुरस्कारले गर्दा रकमकै लागि खेलकुद भए जस्तो भएको र विकृतिको रुपमा रहेकाले विजेताहरुलाई प्रमाणपत्र मात्र वितरण गरिने बताए ।
यो खेलको विजेताले यति कति पैसा जित्यो भन्नु भन्दा यो वडाले जित्यो भन्ने बाटो बनाइनुपर्ने अध्यक्ष सिग्देलले बताएका हुन् ।
खेलकुद कार्यक्रमको अन्त्यमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने र सस्थागत र सामुदायिक विद्यालयबिच समन्वयन गरेर विद्यालय स्तरका कार्यक्रमहले विद्यालयबिच सकारत्मक प्रभाव पर्ने बताए ।














प्रतिक्रिया दिनुहोस्