अखिल क्रान्तिकारी केन्द्रीय कमिटीद्धारा अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटीको पदाधिकारी तथा सदस्यहरु चयन गरिएको छ ।

कमिटीको अध्यक्षमा सुरज सिंह ठकुरी, उपाध्यक्षमा दिनेश सुवेदी, मिङ्गोर शेर्पा, विमल तामाङ र मुना काप्री चयन भएका छन् ।

यस्तै कमिटीको प्रमुख सचिवमा रन्जित आचार्य , सचिवमा रामकृष्ण शिवाकोटी, किरण सिम्खडा, रोशन रिजाल, पदम तामाङ र दिर्घा वाईवा रहेका छन् ।
यसैक्रममा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी युवा नेता रामकृष्ण शिवाकोटी बागमती प्रदेश कमिटीको सचिवमा चयन भएका छन् ।
अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटीको अध्यक्ष समेत भईसकेका शिवाकोटीले मकवानपुरमा रहेर २०७१ सालबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन् । शिवाकोटी बागमती प्रदेश कमिटीको सचिवमा चयन भएका हुन्् ।