बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालीकराम जम्कट्टेल सरकार सधै पारदर्शी हुनुपर्ने बताए ।
राष्ट्रिय सुचना आयोगको आयोजनामा सूचानामा हाम्रो अधिकारः लोकतन्त्र र विकासको आधार नारा सहित खुल्ला शासन विषयक अन्तरक्रियालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अथिति रहेका मुख्यमन्त्री जम्कट्टेलले सरकारले गरेका कामकार्वाही हरेक नागरिकले जानकारी पाउने अधिाकार भएको बताएका हुन् ।
बागमती प्रदेशको राजधानी हेटौंडा बुधाबार गरिएको अन्तरक्रियामा खुल्ला सरकार नागरिक साझेदारीः अवधारणा, महत्व र अभ्यासबारे राससका पुर्ब अध्यक्ष तारानाथ दाहालले जानकारी दिएका हुन् ।
सूचना आयुक्त रत्नप्रसाद मैनालीको सभाध्यक्षतामा सम्पन्न कार्यृक्रममा बागमती प्रदेश कार्यालय प्रमुख सुरेश झा, बिभिन्न व्यक्तीत्व, सांसद, र सरोकारवालाहरु उपस्थििति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्