हेटौडा स्वास्थ्य चौकी चौघडाले वडा नं ६ को संयोजनमा निशुल्क जाँच सहित जनताको मृगौला बचाउ अभियान सफल पारेको छ ।

सप्ताहाव्यापी रुपमा संचालित मृगौला जाँच सिबिर हेटौडा ६ नं वडाका विभिन्न स्थान तथा स्वास्थ्य चौकी भवनमा समेत गरिएको थियो ।

७९० जनाले यो सेवा लिएकोमा ५२७ जना महिला तथा २६३ जना पुरुष रहेका थिए ।

कार्यक्रमको शुभारम्भ छ नं वडाका अध्यक्ष विष्णु दाहालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर गरेका हुन् ।

सर्वसाधारण जनतालाई आफ्नो स्वास्थ्यको अवस्थाबारे जान्न र उचित व्यायाम र खानपानबाट निरोघी बन्न एस्तो कार्यक्रमले ठुलो मद्दत पुग्ने हेटौडा स्वास्थ्य चौकीका इन्चार्ज टि एन ढुंगेलले बताए ।

मृगौलाको साथसाथै सुगर, प्रेसर तथा पिसाब सम्बन्धी रोगको समेत निशुल्क जाँच हुदा सेवाग्राही समेत यो कार्यक्रमबाट खुसी देखिएका छन् ।