रोशन दिप – हेटौडा उपमहानगरपालिकामा सञ्चालन भइरहेको ९९+ इजि मार्ट उद्घाटन गरिएको छ ।
युवाहरु देश छोडेर बाहिर जान बाध्य भएको कठिन समयमा स्वदेशमै केहि गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याउन सफल भएका युवा हुन् जनक भट्टराई।
भट्टराईका अनुसार दैनिक उपभोग गर्न आवश्यक घरायसी सामान किनमेलका लागि आजभोली ग्राहकहरु पसल धाउन सट्टा मार्ट जान रुचाउँछन् । फरक फरक पसल धाउँदै सामान किन्दा बार्गेनिङ गरेर समय खर्चिनु सट्टा एउटै मार्ट छिरेपछि सबै सामान सुलभ र सस्तो मुल्यमा खरिद गर्न पाइने साथै कम झन्झटीलो हुने उनको भनाइ छ।
परम्परागत शैलीमा चल्ने व्यापार व्यवसायलाई अहिलेको नयाँ समयको माग अनुसार परिमार्जित गर्दै मार्टहरू सञ्चालनमा आउन थालेको हो। मार्टले
ग्राहकको अमुल्य समयसँगै साधनमा बजार घुम्दा हुने इन्धन खर्चको बचत गर्न सहज गराएकोले पनि ग्राहकको रोजाइमा परेको भट्टराई बताउँछन् ।
बुद्ध चोकको तल कान्तिराज पथ रोडको शुभ लक्ष्मी ज्वेलर्स भएको भवनको दास्रो तलामा सञ्चालन भइरहेको मार्टमा घरभित्र किचनमा प्रयोग हुने, दैनिक जिवनमा उपभोग गर्नपर्ने आवस्यक सामाग्री, विधार्थीलाई पढ्न लेख्नका लागि चाहिने सामाग्री देखि मेक अप गर्नका लागि प्रयोग गरिने सामानहरु समेत पाइन्छ । यो मार्टमा अरु भन्दा अलि फरक कुरा भनेको ग्राहकले खरिद गर्ने हरेक सामानको मुल्यको अन्तिममा ९९ अंक हुन्छ। ९७०००२६८६९मा संम्पर्क गर्न सक्नु हुन्छ ।
























प्रतिक्रिया दिनुहोस्