पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराउँदै ।

हेटौंडा । आउँदो शुक्रबार हेटौंडामा बागमती प्रदेशस्तरीय लोकभजन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक भजन चुडा संरक्षण प्रतिष्ठान मकवानपुरको आयोजना प्रदेशस्तरीय लोकभजन प्रतियोगिता हुने भएको हो । सोमबार आयोजकले पत्रकार सम्मेलनको मार्फत हेटौंडा–४,स्थित रोयल पार्टी प्यालेसमा हुन लागेको प्रतियोगिताको बारेमा जानकारी गराएको छ । बागमती प्रदेशको विभिन्न जिल्लाबाट १० वटा भन्दा बढी टिमको प्रतियोगितामा सहभागिता रहने आयोजकले बताएका छन् । संस्कृतिक पर्यटन मन्त्रालय बागमती प्रदेशको मुख्य प्रयोजनमा तथा विभिन्न निकाहरुको सहयोगमा सञ्चालन हुने प्रतियोगिता प्रदेश कमिटीको नेतृत्वमा सञ्चालन हुनेछ ।

विभिन्न प्रकारका लोपोन्मुख वाजाहरु ः खैजेंडी, मुजुरा, कर्ताल, मृदङ्ग, हार्मोनियम, तवला आदिको प्रयोग गर्ने, लोकभजन, चुडका, ख्याली किर्तन, श्लोक, वालनहरुको प्रतियोगिता तथा प्रस्तुति कार्यक्रमहरु सञ्चालन गर्दै अशक्त, असहाय र निमुखाहरुको उत्थान गर्न कोष स्थापना गर्ने तथा संस्कृति र कलाको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने मूल उदेश्य लिएको उनले बताए । जनचेतना मुलक सांस्कृतिक प्रस्तुतीको रुपमा बागमती प्रदेश स्तरीय लोपेन्मुख खैजडी भजन प्रतियोगिता गर्ने, लोपोन्मुख बाजागाजा संरक्षणमा लागि रहनु भएका अभियन्ताहरुलाई सम्मान गर्ने र बसौंदेखि प्रयोग हुदै आएका कला संस्कृती सँग सम्बन्धीत बाजागाजाको प्रदर्शन गरिने उनको भनाई छ ।

प्रतियोगिता आयोजनका लागि संस्कृतिक पर्यटन मन्त्रालयमा २० लाख रुपैयाँ बजेटको प्रस्ताव प्रस्तुत गरेकोमा ३ लाख रुपैयाँको सहयोगको सम्झौता भएको प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण रेग्मीले जानकारी दिएका छन् । प्रतियोगितामा २० टिमलाई सहभागी गराउने उद्देश्यले लिएतापनि बजेटको अभावको कारण सम्भव नभएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँको नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना हुनेले ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।