Rato Samachar
Wed, 30 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

हिमाल आरोहण गराउने कर्णाली सरकारको लक्ष्य अधुरै

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८÷७९ मा दुई पटक सूचना प्रकाशित ग¥यो । दुवैपटकको सूचनामा आरोहण गराउन इच्छुक कम्पनीको आवेदन परेन । आरोहण दलमार्फत अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले मन्त्रालयले रु ६० लाख विनियोजन गरेको थियो । अन्ततः निःशुल्कः काञ्जिरोवा हिमाल चढ्न कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नहुँदा उक्त बजेट फिर्ता हुन पुग्यो । मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा पुनः यो कार्यक्रमलाई निरन्तरता दिएको छ । मन्त्रालयका सचिव मोहनदेव जोशीले एकातिर सगरमाथा लगायतका पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नु र अर्कातिर हिमाल आरोहणलाई सार्वजनिक खरिद ऐन अनुसार वस्तु या सेवा कुन मान्नेमा परामर्शदाता द्धिविधामा परेकाले काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको लक्ष्य पूरा हुन नसकेको बताउनुभयो । “हामीले सार्वजनिक सूचनामा सेवामूलक भनेर उल्लेख ग¥याँैं, तर पर्वतारोहणसम्बन्धी कम्पनीले यसलाई वस्तुका रुपमा प्रस्ताव खरिद गर्नुहुँदोरहेछ”, उहाँले भन्नुभयो, “काञ्जिरोवा हिमाल सगरमाथाजस्तो व्यावसायिक उडान भएको हिमालमा परेन, त्यहाँको जस्तो फोहर पनि जम्मा हुँदैन, त्यही भएर मन्त्रालयले वस्तु नभइ सेवाका रुपमा प्रस्ताव माग्यो, आरोहण कार्यक्रमलाई वस्तु मान्न सकेनौँ, जसले गर्दा प्रस्तावक आवेदनमै द्धिविधामा परे ।” डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल छ हजार ८८३ मिटरमा उचाइँमा छ । काञ्जिरोवा हिमालमा अहिलेसम्म व्यावसायिक आरोहण भएको छैन । टे«किङ र पर्वतारोहणका लागि यो क्षेत्र निकै महत्वपूर्ण रहेपनि प्रचारप्रसारको अभावमा ओझेलमा छ । डोल्पामा समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि बाह्रैमहिना हिउँले ढाकिने क्षेत्र पर्दछ । यहाँ छ हजार मिटर अग्ला धौलागिरी, चुरेन, पुँठा हिमचुली, माउन्ट पुथा हिमचुली, मुकोट हिमाल, डाँफे शैल, अरनिको चुलीलगायत पर्दछन् । काञ्जिरोवा हिमाल सन् १९५० को दशकमा बिट्रिस अन्वेषक जोन बेयर्ड टायसनले पत्ता लगाउनुभएको बताइन्छ । मन्त्रालयले नेपालका आठ हजार मिटरभन्दा अग्ला उचाइँका हिमाल चढेको, हिमाल आरोहणको तालिम लिएको र स्वस्थ हुनुपर्ने लगायतका मापदण्ड तोकेको थियो । त्यस्त, आरोहण दलले कम्तीमा आठ घण्टाको वृत्तचित्र निर्माण गर्नुपर्ने, १०० वटा फोटोग्राफी, १० वडा भिडियो, एक वर्षसम्म आरोहीले फेसबुक, इन्स्ट्राग्राम पेजमार्फत मन्त्रालयलाई मेन्सन गर्नुपर्ने शर्त राखेको थियो । चालु आर्थिक वर्षमा यो कार्यक्रम सफल बनाएर कर्णाली हिमाल आरोहणलाई उपयुक्त छ भन्ने सन्देश दिन खोजिएको सचिव जोशीको भनाइ छ । “कर्णालीका हिमालको पहिचान, विश्वमा प्रचारप्रसार हुने उद्देश्यका साथ यसवर्ष पनि निरन्तरता दिएका छौँ,” उहाँले भन्नुभयो, “हिमाल आरोहण खुला गर्दा पर्यटक भित्रिनुका साथै आम्दानीको स्रोत बढ्न पुग्छ ।”—रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology